बिहीबार गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार, पाँच कम्पनीको सेयरमा लाग्यो सर्किट

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । सो दिन कारोबारमा आएका ३०२ वटा स्क्रीप्समध्ये गोर्खाज फाइनान्सको सबैभन्दा बढी कारोबार भएको हो । फाइनान्सको एकैदिन २३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ४२.१० रुपैयाँले बढेर प्रतिकित्ता ९१२ रुपैयाँ पुगेको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । सो दिन कारोबारमा आएका ३०२ वटा स्क्रीप्समध्ये गोर्खाज फाइनान्सको सबैभन्दा बढी कारोबार भएको हो ।

फाइनान्सको एकैदिन २३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ४२.१० रुपैयाँले बढेर प्रतिकित्ता ९१२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो सूचीमा क्रमशः शिवम् सिमेन्टस् र सर्वोत्तम सिमेन्ट रहेका छन् । जसमध्ये शिवम् सिमेन्टको १८ करोड ३८ लाख र सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यता टप गेनरको सूचीमा अधिकांश लघुवित्त संस्थाहरु अग्रस्थानमा रहेका छन् । बिहीबारको बजारमा ५ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । जसमा मानुषी लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । यीमध्ये वीन नेपालको सेयर मूल्य ९.२१ प्रतिशतले बढेको छ भने अन्यको १०/१० प्रतिशतले बढेका छन् ।

बिहीबारको नेप्से परिसूचक सामान्य अर्थात २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१३ प्रतिशतले कम हो । घटेको बजारमा पिपुल्स पावरको सबैभन्दा बढी अर्थात ९.०५ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता ५५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने बिहीबार ३ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ ।

Share News