रिडी पावरको ११ लाख ३५ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला हुँदै

<p>काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चैत २९ गतेदेखि ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले [&hellip;]</p>

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चैत २९ गतेदेखि ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ ।

कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन पेस गर्नुपर्नेछ ।

Share News