गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

<p>काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । मंगलबार कम्पनीले सूचना जारी गर्दै संस्थापक सेयरधनीको उक्त सेयर मंगलबारदेखि बिक्रीमा राखिएको जनाएको हो । सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी [&hellip;]</p>


काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । मंगलबार कम्पनीले सूचना जारी गर्दै संस्थापक सेयरधनीको उक्त सेयर मंगलबारदेखि बिक्रीमा राखिएको जनाएको हो ।

सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Share News