बढ्दो बजारमा ब्रेक, कारोबार रकम पनि घट्यो

<p>काठमाडौं । आइतबारदेखि निरन्तर बढेको बजारमा बुधबार ब्रेक लागेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २१.६७ अंकले घटेसँगै बजारमा बढेको बजारमा ब्रेक लागेको हो । बुधबार कारोबार शुरु भएको केहि समयमै परिसूचक निरन्तर घटेर २०९७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटी हो । बजारमा परिसूचक मात्रै नभई कारोबार रकम [&hellip;]</p>

काठमाडौं । आइतबारदेखि निरन्तर बढेको बजारमा बुधबार ब्रेक लागेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २१.६७ अंकले घटेसँगै बजारमा बढेको बजारमा ब्रेक लागेको हो ।

बुधबार कारोबार शुरु भएको केहि समयमै परिसूचक निरन्तर घटेर २०९७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटी हो ।

बजारमा परिसूचक मात्रै नभई कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ५ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।

कूल ३१३ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा बुधबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । लामो समयदेखि निरन्तर उच्च कारोबार हुँदै आएको सो कम्पनीको एकैदिन ६३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि सामान्य अर्थात ५ रुपैयाँले बढेर प्रतिकित्ता ७१४.६० रुपैयाँ पुगेको छ ।

सर्वाधिक कारोबार गर्नेको दोश्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, तेश्रोमा न्यादी ग्रुप पावर र चौथोमा नेपाल पुनर्बीमा इन्स्योरेन्स रहेको छ । नेपाल पुनर्बीमा इन्स्योरेन्सको एकैदिन १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ९ रुपैयाँले घटेर प्रतिकित्ता ८१६ रुपैयाँमा झरेको छ ।

घटेको बजारमा पनि सामलिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । यससँगै यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९० र ४६५ रुपैयाँ पुगेको छ ।
यता टप लुजरको शीर्ष स्थानमा मेनछ्यिाम हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ५.८७ प्रतिशतले घटेर प्रतिकित्ता ३०९.७० रुपैयाँमा झरेको छ ।

Share News