लोवर इर्खुवा हाईड्रोले आईपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

<p>काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । लोवर इर्खुवा हाईड्रोपावरले सर्वसाधारणलाईजारी गर्न लागेको २८,०५,७५० थान साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य १००/– का दरले कूल २८,०५,७५,०००/– (अक्षरेपी अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजार रुपैयाँ मात्र) को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति [&hellip;]</p>

काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।

लोवर इर्खुवा हाईड्रोपावरले सर्वसाधारणलाईजारी गर्न लागेको २८,०५,७५० थान साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य १००/– का दरले कूल २८,०५,७५,०००/– (अक्षरेपी अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजार रुपैयाँ मात्र) को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।

मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

लोवर इर्खुवा हाईड्रोको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवाको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

Share News