काठमाडौं । यति ब्रुअरीले आईपीओ जारी गर्ने गर्ने भएको छ । यति ब्रुअरीले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
यति ब्रुअरीको रजिष्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे छ र यस यति ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं। ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरीले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटलद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरीको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।