लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न, ७५ करोडको हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गरेको [&hellip;]</p>

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभाले कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० करोडमध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक सेयर र बाँकी ३७ करोड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई चुक्ता भएको छ । साधारण सभाबाट कम्पनीको अघिल्लो साधारण सभाबाट हालको चुक्ता पूँजीकोको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोड‍ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

हाल कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन भइरहेको छ ।

साथै, कम्पनीको स्वामित्वमा रहेका अन्य आयोजनाहरुमा १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता भएको तथा २४.६ मे.वा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि विद्युत खरीद बिक्री सम्झौता हुने क्रममा रहेको अध्यक्ष डा. आत्माराम घिमिरेले जानकारी गराए ।

कम्पनीका सेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभा सम्पूर्ण सेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दै सौहार्दपूर्ण रुपमा उल्लासपूर्वक सम्पन्न भएको कम्पनीले बताएको छ ।

Share News