कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिज सञ्चालनमा

<p>काठमाडौं । केबीएल सेक्युरिटिज (सेयर ब्रोकर नं. ९४) ले औपचारिक रुपमा धितोपत्र कारोबार सुरु गरेको छ। आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् । कार्यक्रममा केबीएल सेक्युरिटिज, कुमारी बैंक तथा कुमारी क्यापिटल सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताको उपस्थिति [&hellip;]</p>

काठमाडौं । केबीएल सेक्युरिटिज (सेयर ब्रोकर नं. ९४) ले औपचारिक रुपमा धितोपत्र कारोबार सुरु गरेको छ।

आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् । कार्यक्रममा केबीएल सेक्युरिटिज, कुमारी बैंक तथा कुमारी क्यापिटल सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताको उपस्थिति थियो ।

कारोबार शुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए।

केबीएल सेक्युरिटिज कुमारी बैंकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो।

Share News