५ लाख कित्ता सेयर बेच्दै कामना सेवा विकास बैंक

<p>काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

Share News