हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुभारम्भ

<p>काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुवै कम्पनीका माउ संस्था (हिमालयन बैंक र सिभिल बैंक)एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका कम्पनी पनि मर्ज भई एकीकृत कारोबार गरेका हुन् । शुक्रबार एक समारोहबीच हिमालयन क्यापिटलका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साविकको [&hellip;]</p>

काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुवै कम्पनीका माउ संस्था (हिमालयन बैंक र सिभिल बैंक)एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका कम्पनी पनि मर्ज भई एकीकृत कारोबार गरेका हुन् ।

शुक्रबार एक समारोहबीच हिमालयन क्यापिटलका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटलका अध्यक्ष भोला बहादुर बिष्टले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।

सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरेपश्चात् हिमालयन क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार संचालन गरेका हुन् । हिमालयन क्यापिटलका अध्यक्ष तथा हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोर्खालीले मर्चेन्ट बैंकिंग व्यवसायमा छोटो समयमा पनि नवीनतम सेवा प्रवाह गर्दै छुट्टै पहिचान स्थापित गरेको बताए ।

साथै, मर्चेन्ट बैंकिंग व्यवसायका आधुनिकीकरणमा महत्वपुणर भूमिका निर्वाह गरेको सिभिल क्यापिटलको समिश्रणबाट सकरात्मक प्रभाव सिर्जना भई ग्राहकहरुलाई प्रदान गरिने सेवा तथा सुविधाहरु अझ सबल र सुदृढ भई नेपाली पुँजी बजारको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

उनका अनुसार संस्थाल मुलत प्रविधिको माध्यमबाट आफ्नो सेवाहरुको विस्तार गर्ने र नवीनतम प्रकृतिका विशिष्टकृत लगानी कोष, खुल्लामुखी सामुहिक लगानी कोष योजना, व्यवस्थित लगानी योजना जस्ता सेवाहरु निकट भविष्यमा प्रदान गर्ने लक्ष्य राखेको छ ।

Share News