पुस ६ गतेदेखि ट्रेड एक्स्पो गर्दै मोरङ व्यापार संघ, स्वदेश तथा विदेशी उत्पादनहरुको प्रदर्शनी हुने

<p>काठमाडौं । मोरङ व्यापार संघले आगामी पुस ६ गतेदेखि पुस १६ गतेसम्म एक्स्पो गर्ने भएको छ । विगतका वर्षझैं संघले विराटनगरमा ‘ मोरङ व्यापार संघ एक्स्पो २०२३’ (अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी)को आयोजना गर्ने तयारी गरेको हो । मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग/व्यवसायको प्रवद्र्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान [&hellip;]</p>

काठमाडौं । मोरङ व्यापार संघले आगामी पुस ६ गतेदेखि पुस १६ गतेसम्म एक्स्पो गर्ने भएको छ । विगतका वर्षझैं संघले विराटनगरमा ‘ मोरङ व्यापार संघ एक्स्पो २०२३’ (अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी)को आयोजना गर्ने तयारी गरेको हो ।

मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग/व्यवसायको प्रवद्र्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरुबीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना, यस प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरु गराउने प्रमुख उद्देश्यका साथ संघले सो एक्स्पो सञ्चालन गर्न लागेको हो ।

साथै, यस वर्षको एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरु प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरु बारे छलफल गर्ने छ । त्यस्तै, उत्पादक तथा वितरकहरुलाई आफ्ना उत्पादन र सेवाहरुको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

मोरङ – सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिने यस पटकको मेलामा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङगर र २५० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ताबीच सम्बन्ध कायम गराइने छ ।

उक्त एक्स्पो संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, कटहरी र बुढिगंगा गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशन लगायत विभिन्न स्थानीय व्यवसायिक संघ/संस्थाहरु लगायतका निकायहरुको समन्वय तथा सहयोगमा सञ्चालन हुन लागेको हो ।

Share News