ग्लोबल इक्विटी फण्डले पायो प्राइभेट इक्विटी र भेन्चर क्यापिटल अवार्ड २०२३

<p>काठमाडौं । ग्लोबल इक्विटी फण्डले बेस्ट एसएमई इन्भेस्टमेन्ट फर्म २०२३ अन्तर्गत ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल अवार्ड २०२३’प्राप्त गरेको छ । यो अवार्ड बेलायतको प्रतिष्ठित म्यागजिन वेल्थ एण्ड फाइनान्स इन्टरनेशनलले प्रदान गरेको हो । ग्लोबल इक्विटी फण्ड जुलाई २०२३ मा यस श्रेणीको लागि मनोनीत भएको थियो । र, निर्णायक मण्डलबाट चयन प्रक्रियापश्चात् १७ नोभेम्बरमा पुरस्कार [&hellip;]</p>

काठमाडौं । ग्लोबल इक्विटी फण्डले बेस्ट एसएमई इन्भेस्टमेन्ट फर्म २०२३ अन्तर्गत ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल अवार्ड २०२३’प्राप्त गरेको छ । यो अवार्ड बेलायतको प्रतिष्ठित म्यागजिन वेल्थ एण्ड फाइनान्स इन्टरनेशनलले प्रदान गरेको हो ।

ग्लोबल इक्विटी फण्ड जुलाई २०२३ मा यस श्रेणीको लागि मनोनीत भएको थियो । र, निर्णायक मण्डलबाट चयन प्रक्रियापश्चात् १७ नोभेम्बरमा पुरस्कार घोषणा गरिएको थियो ।

ग्लोबल इक्विटी फण्डले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट नेपालमा प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत कोष सञ्चालनको अनुमति पाएको छ । साथै, फण्डले विशिष्टिकृत लगानी कोषअन्तर्गत नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्डको तयारी गरिरहेको छ । जुन फण्डको आकार २ अर्ब रहने छ । फण्डका अनुसार उक्त फण्ड स्टार्टअप तथा ग्रोथ स्टेजका एसएमई कम्पनीमा लगानी गरिनेछ ।

हाल ग्लोबल इक्विटी फण्डले २ इन्भेष्टमेण्ट फण्डहरूको व्यवस्थापन गरिरहेको छ । ग्लोबलको पहिलो फण्ड ‘नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ हो । यस फण्डको आकार १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ ।

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्ट फण्डले ६ वटा कम्पनीमा लगानी गरेको छ । फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फाम्र्स र उर्जा इम्याक्ट फण्डमा लगानी गरेको छ । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड पनि पब्लिक कम्पनीको रुपमा रहेको छ । र, निकट भविष्यमा प्रिमियममा आईपीओ निष्काशन गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

साथै, ग्लोबल इक्विटी फण्डले नेपाल वोमेन ग्रोथ इक्विटी फण्डको घोषणा गरेको छ । महिला उद्यमीहरुलाई लक्षित् गरी उक्त फण्ड नेपालको पहिलो इक्विटी फण्ड रहेको कम्पनीको भनाइ छ । यस फण्डको आकार ५० करोडको रहेको छ ।

Share News