आधा दर्जन लघुवित्तसहित २४ कम्पनीले घोषणा गरे लाभांश

<p>काठमाडौं । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने कम्पनीको संख्या २४ पुगेको छ । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये २४ वटा कम्पनीले तिहारअघि नै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ८ वाणिज्य बैंक, ३ विकास बैंक, एउटा होटल कम्पनी, २ वटा जलविद्युत कम्पनी, २ वटा इन्भेष्टमेन्ट कम्पनी, २ वटा म्यानुफ्याक्चरिङ कम्पनी, ६ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने कम्पनीको संख्या २४ पुगेको छ । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये २४ वटा कम्पनीले तिहारअघि नै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा ८ वाणिज्य बैंक, ३ विकास बैंक, एउटा होटल कम्पनी, २ वटा जलविद्युत कम्पनी, २ वटा इन्भेष्टमेन्ट कम्पनी, २ वटा म्यानुफ्याक्चरिङ कम्पनी, ६ वटा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो ।

यस्तै, एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको हो ।

यस्तै, सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको हो ।

यस्तै, एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको हो ।

यस्तै, सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने कप्रस्ताव गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, ओरियन्टल होटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सानिमा माइ हाइड्रोपावरले चुक्ता पूँजीँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, माण्डु हाइड्रोपावरले १० प्रतिशत र इमर्जिङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीँको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, बोटलर्स नेपाल तराईले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीँको ६० प्रतिशत र युनिलिभर नेपालले १५८० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेका छन् ।

यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Share News