
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्पमा उद्धार, राहत र पुनस्र्थापनाको काम सरकारले एकद्वार प्रणालीबाट गरिरहेको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र साढे ३ सय जना घाइते भएका छन् । यसैगरी भूकम्पका कारण दुवै जिल्लामा १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षति भएका छन् ।