बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप, कहिलेसम्म गर्नुपर्छ ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थपिदिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको मासिक र त्रैमासिक विवरण सार्वजनिक गर्ने म्याद थपिदिएको हो । यससँगै बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको पहिलो त्रैमासको लागि अन्तरिम वित्तीय विवरण आगामी कार्त्तिक १७ गतेसम्म प्रकाशित गर्न सक्ने [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थपिदिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको मासिक र त्रैमासिक विवरण सार्वजनिक गर्ने म्याद थपिदिएको हो ।

यससँगै बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको पहिलो त्रैमासको लागि अन्तरिम वित्तीय विवरण आगामी कार्त्तिक १७ गतेसम्म प्रकाशित गर्न सक्ने छन् ।

यसअघि उक्त विवरण महिना सकिएको ७ दिनभित्रमा राष्ट्र बैंकलाई पठाउनु पर्ने र हरेक त्रैमासको महिना सकिएको मितिले ७ दिनभित्र अन्तरिम वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।

Share News