काठमाडौं । माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी हुन्, सुरेन्द्र महतो । वार्षिक प्रतिवेदन अनुसार बैंकमा महतोको सेयर स्वामित्व १०.९५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड ३२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
तर, महतोले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गरेर बैंकबाट बाहिरिने निर्णय गरे । बैंकको संस्थापक समेत रहेका महतोले आफ्नो स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका हुन् ।
महतोको उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बोलपत्र पेश गर्नु पर्नेछ । यदि उक्त समयमा आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । इच्छुक सेयरधनीहरुले सेयर बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।