आईपीओको मूल्यभन्दा तल झर्याे घोराही सिमेन्टको सेयर भाउ

<p>काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रिको सेयर मूल्य आईपीओको मूल्यभन्दा तल झरेको छ । कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ४३४.८० रुपैयाँ अन्तिम कारोबार भएसँगै आईपीओको मूल्यभन्दा तल झरेको हो । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्यमा प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४३९ रुपैयाँमा कारोबार खुलेको थियो । आज [&hellip;]</p>

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रिको सेयर मूल्य आईपीओको मूल्यभन्दा तल झरेको छ । कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ४३४.८० रुपैयाँ अन्तिम कारोबार भएसँगै आईपीओको मूल्यभन्दा तल झरेको हो ।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्यमा प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४३९ रुपैयाँमा कारोबार खुलेको थियो । आज दिनभरि कम्पनीको सेयर मूल्य अधिकतम ४४३ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ४३० रुपैयाँसम्म झरेको थियो ।

बिहीबार कम्पनीको सेयर मूल्य ०.९६ प्रतिशत अर्थात् ४.२० रुपैयाँ घटेको छ । त्यस्तै, आज दिनभरिमा कम्पनीको ४४ हजार १४८ कित्ता सेयर १ हजर १९१ पटक खरिद बिक्री हुँदा १ करोड ९२ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएदेखि कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ५८१.४० रुपैयाँसम्म पुगेको थियो ।

Share News