काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले हेली एभरेष्ट एयरलाइन्सलाई पौने २९ करोड दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत कम्पनीलाई २८ करोड ७१ लाख ५२ हजार ५५२ रुपैयाँ दावी भुक्तानी गरेको हो ।
इन्स्योरेन्सले शुक्रबार मात्रै उक्त कम्पनीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो ।
हाल नेपालमा रहेका एभिएसन कम्पनीहरुमध्ये ७ वटा कम्पनीहरुको बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासिक विवरण अनुसार ७ वटा एभिएसन कम्पनीहरुको रक्षा कवचको रुपमा रहेको छ भने सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानी तर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ ।
कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको इन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीमा बीमा गराएका हवाई साधनहरु मध्ये ४ वटा हेलिकप्टर दूर्घटना परेकोमा श्री हेलि एभरेष्ट एयरलाईन्सको हेलिकप्टर दूर्घटनाको क्षतिपूर्ति वापत भाद्र महिनासम्ममा करिव २९ करोड भुक्तानी गरि सकेको छ भने बांकी दूर्घटनाहरुको दावी भुक्तानी सम्बन्धि प्रक्रिया तिव्रताका साथ अगाडी बढाईएको कम्पनीले जनाएको छ ।