नेपाल सरकारको ११ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका विभिन्न २ वटा ११ अर्ब ६ करोड रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा ४ अर्ब १६ करोड रुपैयाँको २०८६ ‘छ’ विकास ऋणपत्र सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्रको अवधि [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका विभिन्न २ वटा ११ अर्ब ६ करोड रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा ४ अर्ब १६ करोड रुपैयाँको २०८६ ‘छ’ विकास ऋणपत्र सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने ब्याजदर ६.५ प्रतिशत रहेको छ ।

त्यस्तै, ६ अर्ब ९० करोड रुपैयाँको २०८८ ‘ख’ विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ भने ब्याजदर ७ प्रतिशत रहेको छ ।

नेप्सेका अनुसार २०८० साउन १९ गते निष्काशन भएको २०८६ ‘छ’ विकास ऋणपत्रको भुक्तानी २०८६ साउन १९ गते हुने छ । त्यस्तै, २०८० साउन २९ गते निष्काशन भएको २०८८ ‘ख’ विकास ऋणपत्रको भुक्तानी २०८८ साउन २९ गते हुने छ ।

Share News