काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुको तर्फबाट शिक्षक महासंघबीच भएको सहमतिमा राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् । आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफूहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको बताए ।
साथै, उनीहरुले आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।