
फाइल फोटो
काठमाडौं । सरकारले कर प्रणाली सुधार गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ । भदौ २९ गते बसेको मन्त्रि परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कर प्रणाली सुधारका लागि राय सहितको सुझाव पेश गर्न विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, उक्त बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यसैगरी, नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणीका १३ जना अधिकृतहरु र ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गर्ने सरकारको निर्णय छ ।
यस्ता छन् बैठकले गरेको २३ निर्णयहरु
[pdf id=436559]