मन्त्रीको स्वकिय सचिव भन्दै असुली धन्दा गरेपछि…

<p>काठमाडौं । सुदूरपश्चिम प्रदेशक भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको स्वकिय सचिव भएको भन्दै मन्त्रालयका मातहतका निकायमार्फत् ठगी गर्ने गरेको विषय खुलेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रीको स्वकिय सचिव भन्दै फोन गरी मन्त्रालय अन्तर्गतका कार्यालय तथा स्थानीय तहको कृषि विकास शाखा र पशु सेवा शाखाहरु लगायतसँग रकम तथा अन्य जिन्सी सामाग्रीहरुको [&hellip;]</p>

काठमाडौं । सुदूरपश्चिम प्रदेशक भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको स्वकिय सचिव भएको भन्दै मन्त्रालयका मातहतका निकायमार्फत् ठगी गर्ने गरेको विषय खुलेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रीको स्वकिय सचिव भन्दै फोन गरी मन्त्रालय अन्तर्गतका कार्यालय तथा स्थानीय तहको कृषि विकास शाखा र पशु सेवा शाखाहरु लगायतसँग रकम तथा अन्य जिन्सी सामाग्रीहरुको माग गरेकाे बुझिएकोले त्यस्ता मानसिकता भएकासँग सजक रहन आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार सो व्यक्तिले ९८५११७३३१८ र विभिन्न सामाजिक संजालको प्रयोगबाट रकम तथा सामग्री माग गर्ने गरेको बुझिएको छ ।

‘मन्त्रालयले फोन वा म्यासेज गरी कुनै जिम्मेवार पदमा रहेको व्यक्तिको नाम वा पदको प्रयोग गरी उसको चरित्र हत्या एवं दाग लगाउने जो कोही यस्तो अभद्र कार्य गर्नेलाई छिटो भन्दा छिटो पत्ता लगाउनका लागि सम्बन्धित सवै कार्यालयहरुलाई ध्यानआकर्षण गराउँदछौं,’ मन्त्री चौधरीका स्वकिय सचिव नविन थापा द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले सो व्यक्तिको खोजिभइरहेको पनि बताएको छ ।

Share News