काठमाडौं । दिवगंत नेता सुवास नेम्वाङको सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राती ह्दयघातका कारण बालुवाटारस्थित निवासमा मृत्यु भएको थियो । घरको शौचालयमा बेहोस भेटिएका उनको उपचारका क्रममा टिचिङ अस्पताल लगेसँगै अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । अस्पतालले सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरेकाे थियो ।
यस्तै, आज बसेको मन्त्रिपरिषद्को बैठकले उनको अन्त्येष्टिका दिनमा सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।