बागमतीमा प्रदेशमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

<p>काठमाडौं । बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायत मन्त्रालयले बिहीबार अर्थात भदौ ७ गतेदेखि काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ जिल्ला छन् । काठमाडौं उपत्यका बाहिरको हकमा ५.३१ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले [&hellip;]</p>

काठमाडौं । बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायत मन्त्रालयले बिहीबार अर्थात भदौ ७ गतेदेखि काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।

वाग्मती प्रदेशमा १३ जिल्ला छन् । काठमाडौं उपत्यका बाहिरको हकमा ५.३१ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो ।

उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १९, १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटसम्म ३५ र २० किलोमिटरभन्दा माथि ४० रुपैयाँ भाडादर कायम गरेको छ ।

कुन रुटमा कति ?
[pdf id=432295]

Share News