अध्यागमन विभागको महानिर्देशकबाट हटे अधिकारी, गृहमा तानियो

<p>काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई उक्त पदबाट हटाइएको छ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई सो पदबाट हटाइएको हो । यससँगै उनलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ [&hellip;]</p>

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई उक्त पदबाट हटाइएको छ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई सो पदबाट हटाइएको हो ।

यससँगै उनलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ ।

२०७९ फागुन १६ मा अध्यागमन विभागको महानिर्देशक बनेका उनी त्यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो ।

महानिर्देशक अधिकारीको ६० किलो सुन तस्करीका मुख्य योजनाकार मध्ये एक रहेका दावा छिरिङसँग कनेक्सन रहेको समाचारहरू सार्वजनिक भएपछि गृह मन्त्रालयले बिहीबार अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाएर मन्त्रालय तानेको हो । उनलाई मन्त्रालयमा तानेर आन्तरिक छानबिन थालिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ।

सिआइबीको छानबिनमा रहेका अधिकारीले सुन तस्कर दावासँग विभिन्न समयमा वीच्याट मार्फत ठुला- ठुला डिलहरू गरेको र दावालाई सघाउ पु¥याएको यथेष्ट प्रमाणहरू फेला परेको सिआइबीका अनुसन्धान अधिकृतहरूले जनाएका छन् ।

Share News