त्रिशुली बस दुर्घटना : मृतक चार जनाको पहिचान, १४ जनालाई ल्याइयो काठमाडौं

<p>काठमाडौं । धादिङको गजुरी गाउँपालिका वडा नं.२ चालिसे स्थित पृथ्वी लोकमार्गमा भएको बस दुर्घटना जीप दुर्घटनामा मृतकको सङ्ख्या आठ पुगेको छ । जसमध्ये चार जनाको पहिचान खुलेको छ । नेपाल प्रहरीका अनुसार पहिचान भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, [&hellip;]</p>

काठमाडौं । धादिङको गजुरी गाउँपालिका वडा नं.२ चालिसे स्थित पृथ्वी लोकमार्गमा भएको बस दुर्घटना जीप दुर्घटनामा मृतकको सङ्ख्या आठ पुगेको छ । जसमध्ये चार जनाको पहिचान खुलेको छ ।

नेपाल प्रहरीका अनुसार पहिचान भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का अन्दाजी २४र२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन् । ‍

बाँकी चार जनाको नाम ठेगाना खुल्न बाँकी रहेको छ ।

उक्त बसमा २५ जना सवार थिए । उक्त दुर्घटनाबाट १७ जनालाई जीवित उद्धार गरिएको छ । जसमध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ ल्याइएको, १ जना उपचार पश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेको नेपाल प्रहरीले जानकारी गराएको छ ।

बुधबार काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी (म्याग्दी कोरला यातायात प्रा.ली) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई बिहान ११ बजेतिर त्रिशुली नदिमा खसेको थियो । उक्त बस सडकबाट अ. ३०/४० मिटर तल खस्न जाँदा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

Share News