राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा एमाले अनुपस्थित

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेकपा (एमाले) अनुपस्थित भएको छ । राष्ट्रपति पौडेलले मंगलबार बिहान सबै राजनीतिक दलका नेताहरुलाई सर्वदलिय बैठकमा बोलाएका थिए । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नजाने निष्कर्षमा पुगेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । संसदको जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेकपा (एमाले) अनुपस्थित भएको छ । राष्ट्रपति पौडेलले मंगलबार बिहान सबै राजनीतिक दलका नेताहरुलाई सर्वदलिय बैठकमा बोलाएका थिए ।

समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नजाने निष्कर्षमा पुगेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदको जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले बैठक आज बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दल सहभागी छन् ।

Share News