आयात निर्यातको क्रममा हुनसक्ने लागु औषध तस्करी जाेखिमबारे अभिमुखिकरण सम्पन्न

<p>काठमाडौं । नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा)ले लागु औषध नियन्त्रण ब्यूरोसँगको सहकार्यमा कार्गो कम्पनीका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उनीहरूलाई सामाग्री आयात/निर्यातका क्रममा हुन सक्ने लागु औषध जोखिम नियन्त्रणका सन्दर्भमा जानकारी गराइएको नेफाले सामेबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा लागु औषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, आयात/निर्यातसँग सम्बन्धित [&hellip;]</p>

काठमाडौं । नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा)ले लागु औषध नियन्त्रण ब्यूरोसँगको सहकार्यमा कार्गो कम्पनीका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

उनीहरूलाई सामाग्री आयात/निर्यातका क्रममा हुन सक्ने लागु औषध जोखिम नियन्त्रणका सन्दर्भमा जानकारी गराइएको नेफाले सामेबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा लागु औषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, आयात/निर्यातसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि, कार्गो व्यवसायी र कर्मचारी गरी १७२ जनाको सहभागिता रहेको नेफाले बताएको छ ।

उक्त अभिमुखिकरण कार्यक्रममा लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरिक्षक नारायण रञ्जितकारले सामाग्रीको आयात निर्यातको क्रममा अपनाउन सक्ने लागु औषध तस्करीको तरिका र त्यसलाई रोक्ने उपायको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी, कानूनी प्रावधान, कार्गो व्यवसायीले अपनाउनुपर्ने सावधानीका बारेमा उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

Share News