
काठमाडौं । भक्तपुरको सानो थिमिमा रहेको सुधार गृहबाट भागेका १७० जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुधार गृहबाट भागेकामध्ये अझै ५१ जना फरार रहेको बताइएको छ ।
सुधार गृहमा प्रदर्शनपछि तोडफोड गर्दै उनीहरु भागेका थिए ।
सुधार गृहमा २९७ जना बालबालिका रहेको प्रहरीले बताएको छ । केही बालबालिका भने नभागी सुधार गृहमै बसेका थिए ।
प्रहरीले फरारमा रहेका केही बालबालिकाको खोजी गरिरहेको बताएको छ ।
सुधारगृहमा रहेका एक बालकको आइतबार मृत्यु भएको थियो । त्यसपछि सुधारगृहमा रहेका बालबालिकाहरुले प्रदर्शन गरेका थिए ।