विवादित व्यवसायी दुर्गा प्रसाईंविरुद्ध उजुरी, तत्काल पक्राउ गरेर कारवाही गर्न माग

<p>काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि उजुरी परेको छ । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंलाई कारवाही गर्न भन्दै प्रहरीमा उजुरी दिएको हो । प्रसाईं र उनको समूहले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् सिंगो मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै कारवाहीको माग गर्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी दर्ता गरेको हो । साइबर ब्यूरो स्रोतका अनुसार [&hellip;]</p>

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि उजुरी परेको छ । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंलाई कारवाही गर्न भन्दै प्रहरीमा उजुरी दिएको हो । प्रसाईं र उनको समूहले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् सिंगो मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै कारवाहीको माग गर्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी दर्ता गरेको हो ।

साइबर ब्यूरो स्रोतका अनुसार उनीविरुद्द उजुरी परेको हो । परिषदले प्रसाईंसँगै हेमन्त सेढाई विरुद्ध पनि कारबाहीको माग गर्दै उजुरी दिएको बुझिएको छ । पछिल्लो समय प्रसाईंले विभिन्न व्यवसायीको विषयमा आपत्तिजनक ढंगले अभिव्यक्ती दिइरहेका छन् बैंक तथा वित्तीय संस्थाको पनि ऋण नतिर्ने बताइरहेका छन् ।

उनले पछिल्लो समय मारवाडी व्यवसायीमाथि पनि धावा बोल्दै आइरहेका छन् । उनले मारवाडीहरुले ‘देश लुटेको, क्षणिक लाभका लागि व्यवसाय’ गरेको लगायतका आरोप लगाउँदै आएका छन् । उनले पछिल्लो समय देशमा आर्थिक संकट आउनुको मुख्य कारण मारवाडी समूदाय भएको आरोपसमेत लगाउँदै आएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल कुमार अग्रवालले एक विज्ञप्ति जारी गर्दै मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको’ लगायतका अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्तिप्रति दिएकोप्रति अपत्ति पनि जनाएका छन् । अध्यक्ष अग्रवालले विदेशमा भए यस्ता व्यक्तिलाई कारबाही तुरुन्तै हुने बताउँदै सिंगो निजी क्षेत्रलाई हत्तोसाहित गर्ने गरी प्रसाईं प्रस्तुत भएको प्रति उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण निजीको ध्यानाकृष्ट भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रसाईंले बैंकको ऋण तिर्दिनुभन्नु गलत भएको भन्दै विकासन्युजले समाचार पनि सम्प्रेषण गरेको थियो । उक्त समाचारको विषयमा प्रसाईंले आफुलाई कसैले केही गर्न नसक्ने र आफ्नो विषयमा समाचार लेखेमा ज्यान मार्ने धम्की समेत दिएका थिए ।

Share News