भोलि काठमाडौंका यी ८ स्थानमा विद्युत अवरूद्ध हुने

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिवार विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले शनिबारका दिन काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिवार विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले शनिबारका दिन काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध हुने छ । प्रथम चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा जडान गरिने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध प्राधिकरणले जानकारी दिएको छ ।

सीतापाइला फिडरअन्तर्गत बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ ।

त्यस्तै बाफल, बलम्बु र खड्का गाउँ फिडरअन्तर्गत ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू, सानो र्भयाङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड, सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले बताएको छ ।

Share News