
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाएका सबै अभियुक्तहरूको मुद्दा एक साथ राखेर हेर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले थुनामा रहेका १० जनाको पुनरावेदनमाथि सुनुवाई गर्दै ‘लगाउका मुद्दा साथै राख्न’ आदेश दिएको हो ।
निलम्बित सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि बिहीवार उच्च अदालतमा बिहीबार सुनुवाइ भएको थियो ।
काठमाडौं जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने भनी दिएको आदेशविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए ।
पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको निवेदनमा भने अन्तिम सुनुवाइ शुरू भएको छैन ।