सार्वजनिक मञ्चमा व्यवसायीको गुनासो : बैंकको ब्याजदर चर्को भयो, लिलामीका सूचनाले तर्साउँछ

<p>काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकको उच्च ब्याजदरले व्यवसायीलाई समस्या भएको बताए । ‘लिलामीका सुचनाले पत्रपत्रिका भरिभराउ छन् । उद्योगीले आत्महत्या गरिरहेका छन् । सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहन गर्ने काम गरिरहेको छ’, उनले भने । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकको उच्च ब्याजदरले व्यवसायीलाई समस्या भएको बताए ।

‘लिलामीका सुचनाले पत्रपत्रिका भरिभराउ छन् । उद्योगीले आत्महत्या गरिरहेका छन् । सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहन गर्ने काम गरिरहेको छ’, उनले भने ।

नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अग्रवालले उद्योगी व्यवासायी निरुत्साहित भइरहेको बताए

त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकको उच्च ब्याजदरले व्यवसायीलाई समस्या भएको बताए ।

‘लिलामीका सुचनाले पत्रपत्रिका भरिभराउ छन् । उद्योगीले आत्महत्या गरिरहेका छन् । सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहन गर्ने काम गरिरहेको छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र पहिलेकोभन्दा केही सहज हुँदै आएको बताएका छन् । सरकारले व्यवसायिक वातावरण सिर्जना गर्नु पर्ने धारणा श्रेष्ठले राखेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बजेट र मौद्रिक नीतिको तालमेल नभएको टिप्पणी गरेका छन् । व्यवासायीहरुले दिएको सुझाव मौद्रिक नीतिमा नसमेटिएको उनले बताए ।

‘उद्योगीहरुको मल्हम लगाउनु पर्ने अवस्थामा नुन छर्किने काम भइरहेको छ । देशको जीडिपीमा साना घरेलु उद्योगको महत्वपूर्ण योगदान छ’, श्रेष्ठले भने ।

Share News