
फाइल तस्वीर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष भवानी राणाले नेपालको निजी क्षेत्र इतिहासकै अप्ठ्यारो अवस्थामा रहेको बताएकी छिन् ।
नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राणाले सरकारका कारण निजी क्षेत्रले अप्ठ्यारो भोगिरहेको बताएकी हुन् ।
‘इतिहासकै अफ्ठ्यारो अवस्था निजी क्षेत्रलाई परेको छ । सरकारले कर मात्रै बढाएको छ । हरेक क्षेत्रमा आर्थिक मन्दी छ’, राणाले भनिन् ।
पछिल्ला दिनमा सरकारले राजश्वको नाममा आतंक सिर्जना गरेको उनले बताइन् ।
‘निर्माण व्यवसायीले भुक्तानी पाइरहेका छैनन् । राजश्वको नाममा आतंक भइरहेको छ’, उनले भनिन्, ‘लगानी गर्न भारत तयार छ, तर नेपालको नीतिले सपोर्ट गर्न सकेको छैन ।’