
काठमाडौं । एमालेले सार्वजनिक कार्यक्रममा आसन ग्रहण नगराउने निर्णय गरेको छ ।
एमालेको सचिवालय बैठकले त्यस्तो निर्णय गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए ।
नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा सम्बोधन गर्न पुगेका ओलीले एमाले आगामी कार्यक्रममा आसन ग्रहन नहुने बताएका हुन् ।
समय बचत र खर्च कटौतीको हिसाबले पनि एमालेले आसन ग्रहण नगराउने निर्णय लिएको ओलीले बताए ।
यो अभ्यासको कार्यान्वयन अन्य क्षेत्रमा पनि गर्नु पर्ने आवश्यकता रहेको उनको भनाई थियो ।