पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, लिटरमै १४ रुपैयाँसम्म बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य लिटरमै १४ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर मूल्य समायोजन गरिएको छ । मूल्य [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य लिटरमै १४ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर मूल्य समायोजन गरिएको छ । मूल्य बढेर समायोजन गर्दा अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४.५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य समायोजन गरेको प्रवक्ता ठाकुरले बताए । आइओसीले पेट्रोलमा प्रतिलिटर ३.८५ रुपैयाँ र डिजेलमा ११.२५ रुपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको निगमले जनाएको छ ।

मूल्य अभिवृद्धि करको प्रभाव र पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको मूल्य तय गरिएको हो ।

निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ, डिजेल तथा मट्टीतेल १६४.५० रुपैयाँ पर्नेछ ।

यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १७७ रुपैयाँ, डिजेल तथा मट्टीतेल १६६ रुपैयाँमा उपलब्ध हुनेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल तथा मट्टीतेल १६७ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

Share News