एक क्‍वीन्टल भनिएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम

<p>काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन गालेपछि ६० किलो ७१६ ग्राम कायम भएको छ । साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार कार्यालयबाट बाहिरिएको सुन बरामद गरेको थियो । सोही सुन मंगलबार राष्ट्र बैंकले गालेको हो । सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले सुन तौलन र गाल्नको लागि राष्ट्र बैंकको [&hellip;]</p>

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन गालेपछि ६० किलो ७१६ ग्राम कायम भएको छ ।

साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार कार्यालयबाट बाहिरिएको सुन बरामद गरेको थियो । सोही सुन मंगलबार राष्ट्र बैंकले गालेको हो ।

सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले सुन तौलन र गाल्नको लागि राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर राखिएको थियो ।

राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूको रोहबरमा सुन गालेर वास्तविक तौल सार्वजनिक गरेको हो ।

सोमबार ब्रेक–सुबाट सुन निकाल तौल गर्दा ६० किलो ७८९ ग्राम भएको थियो । त्यसलाई पगालेर विस्कुट बनाउँदा ६० किलो ७१६ ग्राम कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

सुन बरामद गरिएको समयमा ब्रेक–सुसहित जोख्दा १५५ किलो तौल भएको थियो । सोही आधारमा करीब एक सय किलो सुन हुनसक्ने आँकलन अधिकारीहरुले गरेका थिए ।

Share News