काठमाडौं । मंगलबार ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ । ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो ।
यो किशोरकिशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
देशभरिबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२३को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको छ ।
२०अन्डर२० किशोरकिशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।
यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ :
आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता
अतिथ अधिकारी, १७, सामाजिक उद्यमी
अविनाश कुमार पासवान, १७, संगीतकार
दिक्षा भारती, १८, स्वास्थ्य अभियन्ता
दिवश सर्राफ, १७, सामाजिक अभियन्ता
माधव खनाल, १८, लेखक
निराजन रिमाल, १८, विज्ञान उत्साही
प्रकाश बडु, १५, बाल अधिकारकर्मी
प्रकाश पन्त, १७, गणित उत्साही
प्रीति पन्थ, १८, सामाजिक अभियन्ता
रौशन पंडित, १७, प्राविधिक उत्साही
रिशम कुमार साह, १८, वातावरण अभियन्ता
सदीक्षा घिमिरे, १८, स्वास्थ्य अभियन्ता
सागर बुढा, १७, वातावरण अभियन्ता
सागर गुप्ता, १७, एआई वैज्ञानिक/अनुसन्धानकर्ता
समिप पौडेल, १६, प्राविधिक उत्साही
श्रुति तिवारी, १८, वातावरण अभियन्ता
शुभम उप्रेति, १७, कलाकार
सुमित्रा आचार्य, १७, अभियन्ता
सुशन श्रेष्ठ, १७, अभियन्ता
साथै, उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने छ। चयन भएका युवाहरुको सम्मान ग्लोकल टिन हिरो २०२३ को सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ।