भदौमा ३ दिन सार्वजनिक विदा

<p>काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भदौमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले भदौको १ गते शुक्रबार ओल्के, ८ गते शुक्रबार गौरा र ३१ गते आइतबार अतवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा ३ दिन सार्वजनिक विदा दिने भएको हो । ओल्के पर्व साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ मनाइने [&hellip;]</p>

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भदौमा ३ दिन सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले भदौको १ गते शुक्रबार ओल्के, ८ गते शुक्रबार गौरा र ३१ गते आइतबार अतवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा ३ दिन सार्वजनिक विदा दिने भएको हो ।

ओल्के पर्व साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ मनाइने गरिन्छ । ओल्क भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रही आएको छ । यहि विश्वासले सुदूरपश्चिम प्रदेशभर सप्तमीसम्म महिलाहरु गौराको व्रत बस्ने गरेका छन् ।

अतवारी पर्व आइतबार पर्ने हुनाले यसलाई अत्वारी भनिएको हो । ‘आइत + वारी’ शब्द अपभ्रंस हुँदै बोलीचालीमा अत्वारी भनिएको हो । कृष्णाष्टमी पछि आउने यसपर्व थारु पुरुषले मात्र व्रतबस्ने फरक मौलिकता र अपनत्वपन बोकेको ठूलो चाड हो ।

Share News