राजश्व परिचालनमा सरकार कमजोर : नरबहादुर थापा

<p>&nbsp; काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले राजश्व परिचालनमा सरकार कमजोर बनेको टिप्पणी गरेका छन् । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै थापाले सरकारबाट धेरै अपेक्षा गर्ने अवस्था नरहेको बताएका हुन् । ‘ठेकेदारले पैसा पाएका छैनन्, पहाडी क्षेत्रमा पुँजी परिचालन हुन सकेको छैन । सरकारबाट धेरै अपेक्षा [&hellip;]</p>

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले राजश्व परिचालनमा सरकार कमजोर बनेको टिप्पणी गरेका छन् ।

नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै थापाले सरकारबाट धेरै अपेक्षा गर्ने अवस्था नरहेको बताएका हुन् ।

‘ठेकेदारले पैसा पाएका छैनन्, पहाडी क्षेत्रमा पुँजी परिचालन हुन सकेको छैन । सरकारबाट धेरै अपेक्षा गर्ने अवस्था छैन’, उनले भने ।

नेपालमा बजेट राम्रो बन्ने गरेको तर, कार्यान्वयन नहुने अवस्था रहेको थापाले बताए । बजेट कार्यान्वयनमा निजी क्षेत्रले दवाब दिनु पर्ने थापाको भनाई छ ।

उनले नेपाल व्यापार एकीकृत रणनीति बनेको छ तर औद्योगिक क्षेत्रमा कुनै रणनीतक योजना नै नभएकाले निजी क्षेत्रले आवाज उठाउनु पर्ने बताए ।

औद्याेगिक क्षेत्रकाे विकासका लागि डेडिकेटेड संस्था हुनु पर्ने थापाको धारणा छ ।

Share News