एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न सुरू

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको बट्टामा प्याक गरिएका सुन निकालेर जोख्न थालेको हो । राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको बट्टामा प्याक गरिएका सुन निकालेर जोख्न थालेको हो ।

राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया शुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर डेमो देखाएको छ ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम शुरु भएको जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजश्व अनुसन्धान विभागसहितको उपस्थितिमा सुन जोख्ने काम भइरहेको उनले बताए ।

एउटा ब्रेक–शु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको आचार्यले बताए ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक–सु सहितको सुनको तौल १५५ रहेको छ । सुन छुट्याइसकेपछि सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ ।

त्यसपछि गुणस्तर जाँचको लागि तीन दिनको समय लाग्ने बताइएको छ ।

Share News