नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सपथ

<p>काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले शपथ लिएकी छिन् । जनमत पार्टीका तर्फबाट मन्त्री बनेकी साहलाई सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन् । नवनियुक्र मन्त्री साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ । जनमतलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार नै मन्त्री अमनलाल मोदीलाई [&hellip;]</p>

काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले शपथ लिएकी छिन् । जनमत पार्टीका तर्फबाट मन्त्री बनेकी साहलाई सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन् ।

नवनियुक्र मन्त्री साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ । जनमतलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार नै मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएका थिए ।

जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो । तर, मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो ।

Share News