
काठमाडौं । रौतहटका उखु किसानहरुले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् ।
आइतबार गडा चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट उनीहरुले उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् ।
रौतहटमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड २०७७ श्रावण ११ गतेदेखि बन्द गरिएको थियो ।
साउन ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेपछि किसानहरुले सुगर मिल चलाउने वातावरण बनाउन मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले उद्योग स्थापनाको समयमा स्थानीयले भविष्यको लागि भन्दै उद्योग खोल्न सहुलियतमा जग्गा बिक्री गरेको र अहिले उद्योग बन्द हुँदा किसानलाई दैनिकी चलाउनै असहज भएको उनीहरुले बताएका छन् ।
उद्योग सञ्चलनमा राज्य पक्षले आवश्यक समन्वय गर्नुपर्ने, उद्योगको स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा लगाउन नपाउने व्यवस्था गर्न मागसहितको ज्ञापनपत्र मन्त्री रिजालाई बुझाएका छन् ।
उ
नीहरुले आफ्ना माग बेवास्ता गरे संघर्षका कार्यक्रम थाल्ने चेतावनी दिएका छन् ।
मन्त्री रिजालले सुगल मिलनको विषयमा कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् ।