सुन तस्करीमा संलग्नता पुष्टि गर्न अर्थमन्त्री डा‍. महतको चुनौती

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा डा. महतले कसैले आफ्नो संलग्न पुष्टी गरे पदमा नबस्ने बताएका हुन् । ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म पदमा बस्दिनँ’, महतले भने, ‘मैले [&hellip;]</p>

फाइल तस्बीर

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा डा. महतले कसैले आफ्नो संलग्न पुष्टी गरे पदमा नबस्ने बताएका हुन् ।

‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म पदमा बस्दिनँ’, महतले भने, ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरुलाई शंका लाग्छ भने भन्नुस् ।’

आफूले लोभ लालच राखेको भए अनेक उपाय गर्न सक्ने तर, त्यस्तो लोभ लालचमा नरहेको उनले बताए ।

कांग्रेसकै कतिपय नेता कार्यकर्ताले पार्टी अनुशासन भन्दा बाहिर गएर अनावश्यक तर्क र टिप्पणी गर्ने गरेको भन्दै महतले असन्तुष्टि व्यक्त गरेका छन् ।

‘पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनु पर्दैन ? बाहिर जे पनि बोल्दै हिड्नु ठिक हो ?’, महतले प्रश्न गरेका छन् ।

उनले सुनिल शर्मा प्रक्राउ बारे भने आफूलाई थाहा नभएको बताए ।

तर, उनको अभिव्यक्ति बारे भने महतले रोष व्यक्त गरेका छन् ।

शर्माले महत सुन तस्करी प्रकरणमा संलग्न रहेकाले राजीनामा दिनुपर्ने बताएका थिए ।

त्यसबाहेक, महतले चुनावी प्रतिस्पर्धा विना नै निरन्तर लाभको पद लिइरहेको भन्दै आलोचना गरेका थिए ।

शर्मालाई किन अहिले नै पक्राउ गरियो भन्ने बारेमा अनुसन्धान गर्ने र पक्राउ गर्ने निकायले नै जवाफ दिनुपर्ने महतले बताए ।

Share News