ओलीले भने : महातस्करी काण्ड चलेको छ, प्रधानमन्त्रीले आफैं बुझेर राजीनामा दिनुपर्ने हो

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा ‘महातस्करी काण्ड’ चलिरहेको टिप्पणी गरेका छन् । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा ओलीले सरकारले एक थोक देखाएर अर्को काम गरिरहेको बताएका छन् । ‘जुत्ता ल्याउँदा सुन नै आउँछ, मुखमा तान्नेबाट पनि आएको छ, खुट्टातिर हान्नेबाट पनि आएको छ । [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा ‘महातस्करी काण्ड’ चलिरहेको टिप्पणी गरेका छन् ।

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा ओलीले सरकारले एक थोक देखाएर अर्को काम गरिरहेको बताएका छन् ।

‘जुत्ता ल्याउँदा सुन नै आउँछ, मुखमा तान्नेबाट पनि आएको छ, खुट्टातिर हान्नेबाट पनि आएको छ । पेटीमा पनि सुन नै आएको छ । पानी तान्ने मेसिनमा पनि सुन नै आएको छ । यो महातस्करी काण्ड हो’, ओलीले भने ।

भ्रष्टताको चाङमा उभिएर सरकारको नेतृत्व गर्न प्रधामन्त्रीले अप्ठ्यारो मान्नुपर्ने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैले बुझेर राजीनामा गर्नुपर्ने ओलीको भनाई थियो ।

‘यति अयोग्य, अति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो । उहाँ (प्रधानमन्त्री)ले आफै बुझेर राजीनामा गर्नुपर्ने हो’, ओलीले भने ।

गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिनु त झनै आश्चर्यको विषय भएको उनले बताए ।

‘गृहमन्त्री, अर्थमन्त्रीहरुले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठाैं कि नवौं आश्चर्य भन्नुपर्छ यसलाई ?’, ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो, जिम्मेवारी हो, त्यो जिम्मेवारी विल्कुलै बहन नगरेर, मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिड्न अप्ठ्यारो लाग्नु पर्ने होइन ?’

Share News