
काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा एक सय ५० रुपैयाँ प्रतिकेजीमा गोलभेँडाको होलसेल बिक्री भइरहेको छ । कालीमाटी बजारले शनिबार ठूलो गोलभेँडाको होलसेल मूल्य अधिकतम एक सय ५० रुपैयाँ तोकेको हो ।
बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार सानो गोलभेँडा प्रतिकेजी अधिकतम ६५ र सानो टनेलको गोलभेँडा अधिकतम ८५ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै, गाजर एक सय १०, घिउ सिमी(राजमा) एक सय २६ र कुरिलो पाँच सय ५० रुपैयाँ अधिकतम होलसेल मूल्यमा बिक्री भइरहेको छ ।