डाक्टर रञ्जितकुमार यादव र अमृत चौधरी पक्राउ, दुर्गा प्रसाईं पनि सीआइबीमा

<p>काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डाक्टर रञ्जितकुमार यादव र शिक्षण अस्पतालका डा. अमृत चौधरीलाई पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीहरुलाई पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ । बिहीबार नै सीआईबीले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई पक्राउ गरिसकेको छ । सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत आजै तीन जना डाक्टर [&hellip;]</p>

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डाक्टर रञ्जितकुमार यादव र शिक्षण अस्पतालका डा. अमृत चौधरीलाई पक्राउ गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीहरुलाई पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ ।

बिहीबार नै सीआईबीले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई पक्राउ गरिसकेको छ ।

सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत आजै तीन जना डाक्टर पक्राउ परेका हुन् ।

पक्राउ परेका डा. शर्मालाई भेट्न विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं सीआइबीमा पुगेको सिआईबी स्रोतले बताएको छ ।

Share News