
काठमाडौं । सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई दिने भएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।
बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० पनि स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार सरकारले सिंहदरबारको संशोधित गुरुयोजना पनि स्वीकृत गरेको छ ।
यस्ता छन् बैठकका अन्य निर्णय

