रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १९ घाइते

<p>काठमाडौं । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो रोल्पाको परिवर्तन गाउँपालिका वाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना २ ख २६१२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाइते भएको र उनीहरुको थप उपचारको लागि घोराही पठाइएको रोल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले बताए । बस [&hellip;]</p>

काठमाडौं । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो रोल्पाको परिवर्तन गाउँपालिका वाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना २ ख २६१२ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा १९ जना घाइते भएको र उनीहरुको थप उपचारको लागि घोराही पठाइएको रोल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले बताए ।

बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

Share News