ल्हारक्याल नियुक्तिको स्वामित्व कांग्रेसले बोक्दैन : महामन्त्री शर्मा

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष नियुक्त गर्ने सरकारी निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन् । सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेर गलत सन्देश प्रवाह भएको बताए । विवादास्पद छविका लामाको नियुक्तीप्रति नेपाली [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष नियुक्त गर्ने सरकारी निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन् ।

सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेर गलत सन्देश प्रवाह भएको बताए ।

विवादास्पद छविका लामाको नियुक्तीप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको शर्माले बताए ।

सरकारको निर्णयप्रति नेपाली कांग्रेसको आपत्ति रहेको पनि उनले बताए ।

कांग्रेस सत्तारूढ दल भए पनि लामाको नियुक्तीको सम्बन्धनमा समर्थन गर्न नसक्ने शर्माको भनाई छ ।

Share News